कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजामा १५ प्रतिशत छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजामा १५ प्रतिशत छुट



काठमडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै विभिन्न सेवाहरु बिस्तार गर्दै गइरहेको छ । सोहि क्रममा बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजामा कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो होटेलबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷ क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा होटेलको फुड एंड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्