प्रतिकित्ता १५० रुपैयाँमा सिटिजन्स बैंकको शेयर सर्वसाधारणमा विक्री खुला - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतिकित्ता १५० रुपैयाँमा सिटिजन्स बैंकको शेयर सर्वसाधारणमा विक्री खुला



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार २८६ दशमलव ६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ३१ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्