सिद्धार्थ बैंकको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।
बैंकका संस्थापक शेयरधनी सुनिल कुमार भट्टराई तथा चन्द्रमान गुरुङले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १ गते) ले ३५ दिन भित्र बैंकको सचिवको कार्यालय हात्तिसार काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













