प्रतिकित्ता १६३ रुपैयाँमा सिटिजन्स बैंकको २ लाख ६६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ६६ हजार ९९९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।
बैंकले बिक्रीमा ल्याएको शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार २ गते) ले १५ दिन (अर्थात असार १६ गते) भित्र सनराइज क्यापिटल लिमिटेडमा आवेदन दिने सकिनेछ ।














