यसरी विदा भए राष्ट्रिय वाणिज्य बैंकका डीसीईओ अधिकारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यसरी विदा भए राष्ट्रिय वाणिज्य बैंकका डीसीईओ अधिकारी



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारीले अवकाश पाएका छन् ।

डीसीईओ अधिकारीको ४ बर्षे कार्यकाल सकिएसँगै बैंकबाट अवकाश पाएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकमा एक कार्यक्रमकाबीच डीसीईओ अधिकारीलाई विदाई गरेको हो ।

उनले बैंकमा जम्मा १६ बर्ष ५ महिना काम गरेर अवकाश पाएका हुन् ।

बैंकमा काम गर्दा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

थारै कर्मचारीले मात्रै यो अवधिमा अवकाश पाउँछन् ।

अधिकारीले साढे १६ बर्षको अवधिमा नै बैंकबाट अवकाश पाएका हुन् ।

आगामी दिनमा कुनै अवसर आएमा जिम्मेवारी सम्हाल्न तयार रहेको उनले अर्थपथसँग बताएका छन् ।

हालसम्म कुनै अवसर नआएको र कुनै अवसर आएमा आफु तयार रहेको उनले बताए ।

अवकाश पाउँदा डेपुटी सीईओ बनेपछि ४ बर्षे कार्यकाल सकिएको सोही मितिबाट अवकाश पाउने व्यवस्था छ ।

अधिकारीले बैंकमा हुँदा सिनयर म्यानेजर, डीजीएम हुँदै डेपुटी सीईओको जिम्मेवारी सम्हालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्