नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्