लक्ष्मी बैंकको ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ३३ हजार २ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका सस्थापक शेयरधनीहरुले आफ्नो नाममा भएको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार ३ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि विद्यमान संस्थापक समूहहरुबाट खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













