‘कुमारी धनवृद्धि योजना’ का १ लाख ३९ जना आवेदकलाई इकाइहरु बाँडफाँड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘कुमारी धनवृद्धि योजना’ का १ लाख ३९ जना आवेदकलाई इकाइहरु बाँडफाँड



कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालिन हुने कुमारी धनवृद्धि योजनाका इकाइहरु शुक्रबार बिहान बाँडफाँड गरिएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा जारी गरिएको यो योजनाका इकाइहरु कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।

यस योजनामा आवेदन दिने १ लाख ३९ हजार १३९मध्ये रितपूर्वक आवेदन दिने १ लाख ३९ हजार ९३ जना आवेदकलाई माग गरेबमोजिम इकाइहरु बाँडफाँड गरिएको छ । दोहोरा आवेदन दिने ४६ जना आवेदकको आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ । बाँडफाँड गर्दा इकाइ १०० देखि १ करोडसम्म आवेदन गर्ने आवेदकहरुले मागबमोजिम नै इकाइ बाँडफाँड क्यापिटलले जनाएको छ ।

यो योजना इकाइ गत जेठ १२ देखि जेठ २६ गतेसम्म बिक्री खुला गरिएको थियो। मागभन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधानअनुसार कोषको इकाइ १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत बिजपूँजीबापतको १ करोड ८३ लाख ७६ हजार ८९ इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई बाँडफाँड गरिएको र बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार १७० इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्