आरविवि मर्चेन्टले हितग्राही खाता संचालन बापतको वार्षिक शुल्क बुझाउन आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आरविवि मर्चेन्टले हितग्राही खाता संचालन बापतको वार्षिक शुल्क बुझाउन आग्रह



काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले हितग्राही (डिम्याट) खाता वापतको वार्षिक संचालक शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आरविवि मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा डिम्याट खाता खोलेका खातालाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

दुबै बैंक मार्फत आर्थिक वर्ष २०७८।०७९ को असार मसान्तसम्ममा हितग्राही खाता खोली आफ्नो धितोपत्रको कारोबार गरि रहेका ग्राहकहरुले धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली २०६८ बमोजिम प्रत्येक आव र यस भन्दा अगाडीको आव को वार्षिक शुल्क वापतको १ सय रुपैयाँ बुझाउन अनुरोध गरेको हो । उक्त शुल्क असार मसान्तसम्म बैंकको केन्दिय कार्यालय टेकु काठमाडौं र राष्ट्रिय बैंकका शाखा तथा कनेक्ट आइपीएस, फोन पे, इसेवा, प्रभु पे, खल्ती तथा आइएमई पे मार्फत रकम बुझाउन सकिनेछ ।

साथै, तोकिएको अवधिमा रकम नबुझाएको खण्डमा उक्त हितग्राही खाता फ्रिज हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्