बैंक अफ काठमाण्डूको प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक अफ काठमाण्डूको प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण महानुभावहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुबिधा सहित २ लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सुबिधा रहेको छ ।

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरु समावेश गरी ग्राहकहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको हो । बैंकको प्रदेश १ अन्र्तगतका विराटचोक, विराटनगर, बित्र्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकरभित्ता लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्