एनसीसी बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन, प्राप्त बोलपत्र बुधबार खोल्ने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को लिलामी शेयरमा आवेदन दिने अन्तिम दिने आज (असार ७ गते) अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापकहरुको नाममा रहेको ८ लाख ८० हजार कित्ता शेयर जेठ २४ गतेदेखि बिक्रीमा ल्याएको थियो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।
शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संघ र संस्थाले आज (मंगलबार) कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र असार ८ गते दिउँसो १ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी दिएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।













