सिभिल बैंकको १ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समूह तर्फको १ लाख ५६ हजार ५४६ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
सो शेयर खरीदको लागि बैंकको केन्द्रीय कार्यालय सिभिल ट्रेड सेन्टर सुन्धारा काठमाडौं स्थित कम्पनी सचिवको कार्यालय वा शेयर शाखामा निवेदन दिन बैंकले अनुरोध गरेको छ ।
साथै, तोकिएको अवधिमा शेयर खरीद गर्न केही लिखित जानकारी नआएमा अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने समेत कम्पनीले जानकारी गराएको छ ।













