सिभिल बैंकले डिबेञ्चर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । सिभिल बैंक लिमिटेडले डिबेञ्चर निष्काशन गर्ने भएको छ । व्यक्तिगत तव ले निष्कासन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई नियुक्त गरेको हो ।
सिभिल बैंक लि.ले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु. १,०००।– दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” को सार्वजनिक गर्ने भएको हो ।
सो सम्बन्धमा बैंक र क्यापीटलबीच असार ८ गतेका बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच दुबै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।













