नबिल बैंकको साढे २८ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नबिल बैंकको साढे २८ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २८ हजार ५८९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १५ गते) ले ७ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल नारायणचौर काठमाडौंमा आवेदन दिन सकिनेछ ।

यस अघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्