नेपाल बैंकको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा गंगाप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ज्ञवालीलाई संचालकमा चयन गरेको जनाएको हो ।
बैंकको संचालक समितिमा नेपाल सरकारको तर्फबाट रिक्त रहेको संचालक पदमा ज्ञवाली नियुक्त भई आएका थिए । उनलाइै असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइ सकेको छ ।












