अर्थमन्त्री शर्मामाथि छानबिन गर्ने ११ सदस्यीय संसदीय विशेष समिति गठन, को को छन् समितिमा ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बन्ने संसदीय समिति ११ सदस्यीय बनेको छ ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् ।
संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन् । उक्त समितिले १० दिन भित्र प्रतिनिधि सभामा प्रतिवेदन पेश गर्नुे पर्नेछ । संसदीय विशेष समितिमा सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।













