एकीकृत कारोबारको तयारीमा रहेका नवीलको २ दिन र एनबीको ३ दिन कारोबार बन्द हुने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एकीकृत कारोबारको तयारीमा रहेका नवीलको २ दिन र एनबीको ३ दिन कारोबार बन्द हुने



काठमाडौं । एकीकृत कारोबारको तयारीमा लागेका नवील र नेपाल बंगलादेश बैंकको कारोबार बन्द हुने भएको छ । नवील बैंकको कारोबार २ दिन र एनबी बैंकको कारोबार ३ दिन बन्द हुने भएको हो ।

दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबार कार्यालय समय पछि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ सेवा बन्द रहनेछन् भने असार २५ गते शनिबार सार्वजनिक बिदा दिन संचालक हुने सम्पूर्ण शाखा तथा अन्य बैंकिङ सेवा समेत बन्द रहेनेछन् । उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने संचालन रहेन बैंकले जनाएको छ ।

नेपाल बङलादेश बैंकमा भने असार २३ गते बिहिबार कार्यालय समय पश्चात असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण सेवा बन्द रहेने र क्रेडिट कार्ड भने संचालनमा रहेनेछ ।


प्रतिक्रिया दिनुहोस्