नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको सोमबारदेखि एकीकृत कारोबार नहुने
काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकले सोमबार (असार २७ गते) देखि एकीकृत कारोबार गर्ने भनिएकोमा सो दिन देखि नहुने भएको छ । दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा बैंकले असार २७ गते पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहेने भएका हुन ।
एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि असार २४ गते कार्यालय समय पश्चात असार २७ गते कार्यालय समय सम्म नबिल बैंकको र असार २३ गते कार्यालय समयदेखि असार २७ गते कार्यालय समय अगाडि नेपाल बङ्गलादेशको सम्पूर्ण बैंकिङ सेवा तथा कारोबा बन्द गरिने हुदाँ नेपाल सरकारको सालतमामी परेको कारण सरकारी राजश्व र भुक्तानीलाई सूचारु गर्नुेपर्ने भएकोले समायोजन कार्य ढिलो हुने भएको हुदाँ सोमबार बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहेने बैंकले जनाएको छ ।
नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
नबिल बैंकले एनबी बैंकलाई गाभेपछि चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ, जगेडा कोष २८ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।














