सनराइज बैंक लम्की शाखाद्वारा २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सनराइज बैंक लम्की शाखाद्वारा २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग



काठमाडौं । सनराइज बंैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेकोे २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले आज एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक झोलासहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिनु भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितीमा सहयोग सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट समेत सहभागिता थियो । लम्कीमा बैंकको शाखा स्थापना भए संगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समुदायमा बिभिन्न कार्यक्रम गदै आएको छ ।

पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिदैं सन्राइज बंैकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षयरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्