सिभिल बैंकले ल्यायो दोब्बर र तेब्बर प्लस मुद्दती योजना, यस्ता छन् विशेषता
काठमाडौं । सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ल्याएको छ । बैंकका अनुसार मुद्दती योजनासहितका जीवन बीमा र दुर्घटना बीमामा दोब्बर प्लस र तेब्बर प्लस योजना सार्वजनिक गरेको हो ।
यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मिहेनतको कमाइलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक दश लाख रुपैयाँसम्मको जीवन बीमा सुविधा (रिलायन्स लाइफ इन्सुरेन्ससँगको सहकार्यमा) र दश लाख रुपैयाँको दुर्घटना बीमा सुविधा (अजोड इन्स्योरेन्ससँगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराइनेछ । साथै, ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ । बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।
सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेकोे छ । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।













