१६ श्रावण २०८३, शनिबार

अध्यक्ष दुर्गा सिंह रावलको सहभागीतामा डोटी केआइसिंह-५ काठमाडौ सम्पर्क युवा मन्च गठन



काठमाडौं । डोटी जिल्ला केआइसिङ गाउँपालिका वडा न. ५ का अध्यक्ष दुर्गा सिंह रावलले अध्यक्षतामा बसेको बैठकले डोटी केआइसिंह काठमाडौ सम्पर्क युवा मन्च गठन गरेको छ । राजन कठायतको अध्यक्षतामा २५ सदस्यीय युवा मन्च गठन गरेको हो ।

बैठकमा आगामी दिनमा वडालाई कसरी अगाडी बढाउने भने विषयमा विशेष छलफल हुनका साथै युवा मन्च गठन गरेको हो । उक्त युवामन्चले आगामी दिनमा काठमाडांैमा बसोबास गर्दै आएका सबै युवाको हितमा काम गर्ने भएको छ । अध्यक्ष रावलले उक्त सम्पर्क मन्च गठन कार्यक्रममा बोल्दै आगामी दिनमा सम्पुर्ण युवासगँ समन्यव गरेर र सबैको राय सुझावलाई आत्मसात गरेर अगाडी बढ्ने बताए ।

अध्यक्ष रावलले आफू सधै जनताको हित र जनतालाइ नै सर्बोपरि मानेर आगामी योजना तयार गर्ने बताए । केआइसिङ गाउँपालिका वडा न. ५ का सम्पुर्ण युवाहरूले विभिन्न विषयमा आआफ्नो बिचार प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा वडाले सम्पुर्ण योजना, कर्मचारी सन्चालन गर्ने लगायत सबै कुरामा जनता सङ मात्र समन्यव गरेर सेवा प्रवाहलाइ चुस्तदुरुस्त बनाउनु पर्ने भनाई स्थानीय युवा उदय सिह रावलले राखेका थिए ।