न्युन अवस्था भएका महिलाहरुलाई आर्थिक सहयोग गर्ने सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता
काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारको लागी आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार सहयोग उपलब्ध गराउने भएको छ । बंैकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक रु. १ लाखको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे उल्लेख गरेको छ । बैंकले उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै नेपाल प्रहरी अस्पतालसँग सो सम्झौता गरेको जनाएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका थिए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकले मुलुकभर १२७ शाखा कार्यालय, एक्स्टेन्सन काउण्टर र १२० एटिएम जस्ता बैंकिङ प्रणालीमार्फत ग्राहकवर्गहरुमा अनवरत रुपमा आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ ।













