सिटिजन्स बैंकको अधिकांश सुचक सकारात्मक, प्रतिशेयर नेटवर्थ कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिटिजन्स बैंकको अधिकांश सुचक सकारात्मक, प्रतिशेयर नेटवर्थ कति ?



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा २४.७६ प्रतिशतले बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा भने ९.७५ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ४०.२९ प्रतिशतले बढेर ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६५ करोड ३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा २४.९४ प्रतिशतले बढेर ३ अर्ब ६ करोड ७६ लाख ७४ हजार रुपैयाँ, चुक्तापूँजी १२.९१ प्रतिशतले बढेर १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष ०.८० प्रतिशतले ४ अर्ब ८४ करोड ९२ लाख ३९ हजार रुपैयाँ, निक्षेप संकलन ८.६५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब ७९ करोड ८० लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमशः १७ रुपैयाँ ३५ पैसा र १४८ रुपैयाँ ४९ पैसा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्