१६ श्रावण २०८३, शनिबार

एसइई परीक्षाको नतिजा यही साता आउने



काठमाडौं । एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ ।

नतिजा सार्वजनिक गर्नेगरी काम अघि बढि रहेको र कुनै समस्या नआए यो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने बोर्डले जनाएको छ । अहिले प्राप्ताकं इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको छ ।

 वैशाखमा भएको एसइई परीक्षामा ५ लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए ।