१६ श्रावण २०८३, शनिबार

खल्तीबाट एसईईको नतिजा निःशुल्क हेर्न सकिने



काठमाडौं । खल्ती’ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने भएको छ ।

डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको हो ।

कम्पनीले भनेको छ, ‘यो सहकार्यसँगै अब एसईई २०७८/७९ ब्याचका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क खल्तीमार्फत नतिजा हेर्न सक्छन् ।’
नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एस.ई.ई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्ममिति राख्नुपर्ने कम्पनीले जनाएको छ ।

राखिएको सबै विवरण ठीक भएमा एसईईको नतिजा तुरुन्तै उपलब्ध हुने र यसरी खल्तीबाट नतिजा हेर्न कुनै पनि शुल्क नलाग्ने कम्पनीको भनाइ छ ।