सानिमा बैंकको ‘भिडियो केवाईसी’ सेवा शुरु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सानिमा बैंकको ‘भिडियो केवाईसी’ सेवा शुरु



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘भिडियो केवाईसी’ सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर ‘भिडियो केवाईसी’ गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् ।

ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । ‘भिडियो केवाईसी’ सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् ।

बैंकका अनुसार ग्राहकहरुले अनलाइन खाता खोल्दा ‘भिडियो केवाईसी’ विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्