स्रोत नखुलेको २३ लाख नगद सहित भारतिय नागरिक पक्राउ
काठमाडौं । जनकपुर उपमहानगरपालिका–१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार समीलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













