१६ श्रावण २०८३, शनिबार

नेपालमा पहिलोपल्ट टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम कार्यक्रम आयोजना



काठमाडौं । टोस्ट मास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ । श्रावण ६,७ र ८ मा आयोजना गरिएको ३ दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी भएमा थिए । जहाँ उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका छन् ।

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिएमा थिए । अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेसन लहाल विश्वका १४९ राष्ट्रहरूमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ मा शुरु भएको हो ।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अङ्कुर यादवज्युले भने ‘एक कुशल नेता ले सङ्गठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नु पर्छ । हरेक वर्ष हामी ले नयाँँ प्रेरणा को साथ काम गर्नु पर्छ र यस वर्ष केही नयाँँ सिक्दै , आफु मा सकरात्मक परिवर्तन ल्याउँदै र आफु लाई सुधार्दै अघि बढ्नु पर्छ ।

सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डि टि एम रन्जित आचार्य ज्यु ले नेतृत्व वर्गलाई सम्बोधन गर्दै भने ‘नेताहुनु भनेको सबै भन्दा उत्कृष्ट हुनु होइन कि हिजो को आफु भन्दाआज को आफु सुधारिनु हो । र तपाईं को प्रतिस्पर्धा अरु कोहीनभएर तपाईं को विगत हो । यसमा सफलहुन को लागितपाईं माजिम्मेवार बोध हुनु प¥यो , चनाखो हुनु प¥यो , सँधै केही न केही गरी रहनु प¥यो र आफु ले जे गरेको छ त्यसमा रमाउन सक्नु प¥यो ।

डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथाकार्यक्रमकाअध्यक्ष डि टि एम सुमन शाक्यले कोभिड पछिको नौलो समयलाई इङ्गितगर्दै आफ्नो स्वागत मन्तव्यम भने ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौतीहरुलाई सामना गर्न सिक्नु पर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।
साथै, डिस्ट्रिक्ट ४१ का डि टि एम क्लबग्रोथ डिरेक्टर मूनप्रधान र उनको समूहले तालिम कार्यक्रम को नेत्रित्व गरेका थिए । तालिममा टोस्ट मास्टर्सको बजार प्रबद्र्धन गर्न, नयाँ क्लबहरू खोल्न तथा बिषयलाई पनि प्राथमिकता दिइएको थियो

तालिम कार्यक्रम अन्तर कृयात्मकहुनु को साथै डिस्ट्रिक्ट ४१ का नवनिर्वाचित डिस्ट्रिक्ट अफिसर हरु को लागि अत्यन्तै जानकारी मुलक रहेको सहभागि हरु ले बताए । । भारत बाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।