पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।
२४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ ।













