नेपाल बैंकले डबल धमाका मुद्दति खाता संचालनमा, यस्ता छन् विशेषता - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल बैंकले डबल धमाका मुद्दति खाता संचालनमा, यस्ता छन् विशेषता



काठमाडौं । नेपाल बैंकले डबल धमाका मुद्दति खाता संचालनमा ल्याएको छ । व्यक्तिले मुद्दति खातामा पैसा राखेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने जनाएको छ। बैंकका अनुसार संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दति रकमको दुई गुणा हुनेछ ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस्तै रेमिटेन्सबाट प्राप्त रकम मुद्दति खातामा राख्दा पाँच वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुने बैंकले जनाएको छ । नेपाल बैंकले देशभरका २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्