कुमारी बैंकका ४ जना शेयरधनीको साढे २२ हजार कित्ता शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कुमारी बैंकका ४ जना शेयरधनीको साढे २२ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको २२ हजार ५९६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरु रविन्द्र नाथ दर्लामीले २ हजार ७४२ कित्ता, शेयर बहादुर थापाले १३ हजार ५३७ कित्ता, राम बहादुर गुरुङले ३ हजार १०१ कित्ता र प्रेम बहादुर घलेलेले ३ हजार २१६ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १३ गते) ले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमार क्यापिटल लिमिटेड काटमाडौं नक्साल र कुमारी बैंकका रजिष्ट्रर्ड कार्यालय काठमाडौं टंगालमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्