अन्तर कलेज स्टक पिचिङ प्रतियोगिताको विजेताहरु प्रभु सेलेक्ट फन्डबाट पुरस्कृत
काठमाडौं । कुसम फाइनान्स क्लबले आयोजना गरेको अन्तर कलेज स्टक पिचिङ प्रतियोगिता प्रतियोगिताको मुख्य प्रायोजक प्रभु क्यापिटल रहेको छ । शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्घि गनेै उद्घेश्यले प्रभु क्यापिटलको सहयोगमा भएको यो प्रतियोगिता काठमाडौं युनिर्भसिटी, धुलिखेलमा भएको हो ।
प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयर सचेतना अभिवृद्धिका लागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोही अन्र्तगत भएको उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये किन्ने अथवा बेच्नेको लागि विभिन्न आधारभूत र प्राविधिक विश्लेषण मा आफ्नो प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा रहनुका साथै कुसम कलेजका सहायक प्राध्यापक पवन कुमार झा तथा रमेश घिमिरे रहनुभएको थियो । प्रतियोगितामा टिम “स्टक जेम्स” पहिलो विजेता भए भने दोस्रो विजेता टिम “स्वीप्रबी” घोषित भएका छन् । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको रु १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम रु ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।













