७ श्रावण २०८३, बिहिबार

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।
दुई बैंकबीच आइतबार (साउन १५ गते) एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्रमा हस्ताक्षर भएअनु्सार नेप्सेले आजदेखि दुबैको कारोबार रोक्का गरिदिएको हो ।

दुबै बैंकले काठमाडौंको होटल मेरियटमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रेसियोमा प्राप्ति गर्ने गरी सम्झौता गरेको हो । मर्जरपछि बन्ने संचाललक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् । प्रभु बैंकले सेञ्चुरी बैंकलाई अक्वायर गर्ने भएको हो ।

अहिले प्रभु बैंकको चुत्तापुँजी १२ अर्व ७० करोड रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्व ५५ करोड रहेको छ । स्वप रेस्यो १ः१ मा भएको खण्डमा २२ अर्वभन्दा बढी चुक्तापुँजी पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्