१७ श्रावण २०८३, आइतबार

नेत्रविक्रम चन्द विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले विप्लव विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ।