१७ श्रावण २०८३, आइतबार

नाग पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा



काठमाडौं । कर्णाली प्रदेशले भोलि (साउन १७ गते) सार्वजनिक बिदा दिने भएको छ ।

साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।