१७ श्रावण २०८३, आइतबार

आज नाग पञ्चमी, बिहानैदेखि नाग पोखरीमा भक्तजनहरूको घुईचो



काठमाडौं । प्रत्येक साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्परा अनुसार नागको पूजा गरि मनाइँदैछ । बिहानैदेखि नाग पोखरीहरुमा भक्तजनहरू घुईचो रहेको छ ।

नजिकै रहेको नाग मन्दिरमा पुगेर वा घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने जनविश्वास रहिआएको छ । ​वराहपुराणमा उल्लेख भए अनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।