श्वेतगंगा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुदैं, शेयर पाउन भाग्यकै भर ! - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुदैं, शेयर पाउन भाग्यकै भर !



काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ढ कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बुधबार अर्थात भोलि (साउन १८ गते) हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो।

कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोही शेयर भोली बाँडफाँट गर्न लागेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी २ लाख ७० हजार २ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ सेयर पाउने क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्