प्रि ओपन सेसनमा नेप्से २.३१ अंकले बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रि ओपन सेसनमा नेप्से २.३१ अंकले बढ्यो



काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २.३१ अंकले बढेको छ । बिहीबार ३८.६१ अंकले घटेर २१४८.१६ को बिन्दुमा पुगेर बन्द भएको नेप्से आज सो सेसनमा २.३१ अंक बढेर २१५०.४७ विन्दुमा पुगेको छ ।

शुक्रबार प्रि ओपन सेसनमा २१ कम्पनीको २३ लाख ५७ हजार ६७१ रुपैयाँ बराबरको २८ हजार ६६ कित्ता शेयर खरिद बिक्री भएको छ । सोमध्ये १३ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीका मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्