१७ श्रावण २०८३, आइतबार

आगामी मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता शुरु



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुने भएको छ । उक्त निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता शुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो ।

यही साउन ३१ गते कार्यालय समयसम्म दल दर्ता गराउन पाइने भन्दै आयोगले सूचना जारी गरेको छ । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रिय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रिय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।