दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । सोमबार नेप्सेमा गिरावट आएको छ । आइतबार १०.२७ अंकले बढेर २१२३.८२ अंकमा बन्द भएको सेयर बजारमा आज १७.६७ अंकले घटेर २१०६.१६ मा बन्द भएको छ ।

आज नेप्सेमा सुचिकृत भएको २१४ कम्पनीको ६५ लाख ६७ हजार ४१४ सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७० लाख ७२ हजार ९८१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज २ कम्पनीले सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावर को सर्किट लागेको हो । युनाइटेड नेपाल लिमीटेडको ५.५९ प्रतिशत, आर आर बि म्युचल फण्डको ५.१९ अंकले सेयर बढेको छ ।


प्रतिक्रिया दिनुहोस्