हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । आज सेयर बजार ओरालो लागेको छ । सोमबार १७.६७ अंकले घटेर २१०६.१६ अंकले घटेर बन्द भएको थियो भने आज ४५.४२ अंकले नेप्से घट्दा २०६०.७३ अंकमा बन्द भएको छ । । नेप्से घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
नेप्सेमा सुचिकृत भएको कम्पनी २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर कारोबार हुँदा २ अर्व ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै हिमालयन हाइड्रोपावरमा सर्किट लागेको छ । गुराँस लघुवित्त ५.९१ प्रतिशत , नेपाल इन्भेष्टमेन्ट बैंक ३.९६ प्रतिशत, युनिलिभर नेपाल लिमिटेड ३.९५ अंकले बढेको छ ।














