१७ श्रावण २०८३, आइतबार

पछिल्लो २४ घण्टामा ८६८ जनामा कारोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ८६८ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्‍यु भएको छ ।

६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । ४१४ जना संक्रमणमुक्त भएका छन् ।