२ कम्पनीको सेयरमा सर्किट, यी लगानिकर्ताले कमाए सर्वाधिक
काठमाडौं । आज साताको पाँचौ दिन नेप्सेको ओरालो लाग्ने क्रम रोकीएको छैन । बुधबार ५.११ अंकले घटेको नेप्से २०५७.६८ अंकमा पुगेर बन्द भएको थियो । आज १८.९६ ले घटेर २०३७.९२ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिकृत भएको २२३ वटा कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता कारोबार हुँदा १ अर्व ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको छ ।
नेप्से ओरालो लाग्दा २ कम्पनीको भने सर्किट लागेको छ । हिमालयन हाइड्रोपावर, अप्पर हेवाखोलामा हाइड्रोपावरमा सर्किट लागेको हो । एनआइसि एसिया फण्ड ४.२१ दोर्दी खोला जलविधुत् ३.८२ प्रतिशतले बढेको छ ।














