१७ श्रावण २०८३, आइतबार

पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८१५ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्‍यु भएको छ ।

४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।