१७ श्रावण २०८३, आइतबार

मिटर ब्याजबाट पीडित किसानलाई सहयोग गर्ने अखिल नेपाल किसान महासंघ एक्यवद्धता



काठमाडौं । नवलपरासीका मिटर ब्याजको शोषणबाट पीडित किसानहरु सरकारसंग न्यायको माग्दै माईतिघर मण्डलामा धर्ना बसेका छन् । उक्त आन्दोलनप्रति अखिल नेपाल किसान महासंघ एक्यवद्धता जायर गर्दै आवश्यक सरसहयोग र सहजिकरणका लागि प्रतिवद्धता व्यक्त गरेको छ ।

वित्तिय प्रणालीमा पहुँच नभएका ग्रामीण क्षेत्रका गरिब किसानहरुको वाध्यतालाई फाईदा उठाई मिटरव्याजको ठगी धन्दाद्वारा गरिब किसानहरुको जग्गा जमिन कब्जा गर्ने, जीवनभर क्रृण मुक्त हुन नसक्ने गरी मिटरव्याजको दरमा अत्यधिक रकम अशुल्ने गिरोहबाट किसानहरु पीडित भैरहेका छन् ।

ठगीमा परेको थाहा पाएपछि न्यायको लागि सबन्धीत व्यक्ती र निकायमा हारगुहार गर्दा पनि कतैबाट सुनुवाई नभएपछि केही पीडित किसानहरुले मानसिक सन्तुलन गुमाएको र केहीले अल्पआयुमै मृत्युबरण गरेका घटनाहरु अत्यन्तै ह्रृदयविदारक रहेका छ । संघिय लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिरहेको मुलुकमा सुदखोरहरुबाट किसानहरु शोषीत हुनु राज्य संचालनमा देखिएको बेथिती, अराजकता र कुशासनको परिणाम हो । बारम्बार यस सबालमा आवाज उठाईरहँदा पनि सरकारले समाधानका लागि कुनै पहलकदमी नलिनुले सरकार कतै सुदखोर÷दलालको संरक्षणमा त लागिरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ ।

शोषणबाट मुक्तीका लागि कुनै संभावना नदेखेपछि विगत १३ दिनदेखि काठमाण्डौंको माइतिघर मण्डलामा आन्दोलित छन् । देशको राजधानीको मुख्य भाग सिंहदरबार छेवैको सडकमा धर्ना बसिरहेका पिडीत किसानहरुका माग प्रति सरकारले समाधानका लागि आवश्यक पहलकदमी नदेखाइरहेको र बिषयप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

पीडित किसानहरुको माग पूरा गर्न आलटाल, ठिलासुस्ती वा उपेक्षा गरिएमा देशभरका किसानहरु सडकमा उत्रिनुपर्ने बाध्यताप्रति नेपाल सरकारलाई गम्भिर बन्न आग्रह गरेको छ ।