५ वर्ष पुरानो लाभांश लिन नबिल बैंकको आग्रह
काठमाडौं । नबिल बैंक (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स) ले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेकोछ । बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको हो ।
हालसम्म समेत कतिपय शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि भन्दै बैंकले एक महिना भित्र उक्त लाभांश लिन भनेको हो । उक्त नगद लाभांश लिनका लागि शेयरधनीहरूले शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा सम्पर्क गर्ने सक्नेछन् ।
साथै तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जानकारी गराएको छ । नगद लाभांश लिन जाँदा शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र साथमा लिएर आउन समेत बैंकले भनेको छ ।













