७ श्रावण २०८३, बिहिबार

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्र्न लागेको हो ।

हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा डेभलपमेन्ट बैंक र क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । साउन ३० गतेका दिन ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा नारायणी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

चितवन जिल्लाको रत्ननगर न.पा., टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी रु. ५३ करोड र जारी पुँजी रु. २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ भने हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्