‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ को इकाईमा आवेदन दिने म्याद थप
काठमाडौं । ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ को म्युचुअल फन्ड इकाईमा आवेदन दिने म्याद थप गरीएको छ । फण्डले यसमा छिटोमा मंगलबार (साउन ३१ गते) सम्म र ढीलोमा भदौ ९ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था रहेको थियो । मंगलबारसम्ममा माग अनुसार आवेदन नपरेका कारण अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने कोष व्यववस्थापक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।
क्यापिटलले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
यसमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।













