१८ श्रावण २०८३, सोमबार

बिजबजारले किक बक्सिङ च्याम्पियनसिप २०२२मा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै



काठमाडौं । बिजबजारमा कार्यरत तेक्वान्दो, कराँते र किक बक्सिङकि राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठ किक बक्सिङ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धीको रूपमा सहभागी हुने भएकी छिन् ।

भुटानमा आयोजना हुने साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धीको रूपमा शिवानी श्रेष्ठ र उनको प्रतिस्पर्धामा श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहने भएको छ । च्याम्पियनसिप यही २०र २१ अगस्टमा हुनेछ ।

सो–व्युकोसिन् कराँते द्वारा २०१९ मा प्लेयर अफ द एअर अवार्ड बाट सम्मानित भएकी श्रेष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सिल्भर मेडलिस्ट भएकी थिइन्। दुई पटक सम्म वीर गणेश मान सिंह मेमोरियल किक बक्सिङ च्याम्पियनसिपमा उनले सिल्भर मेडल प्राप्त गरेकी थिइन् भने २०२१र २०२२ मा भारतमा आयोजित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भई स्वर्ण पदक समेत जित्न सफल भएकी थिइन्।

बिजबजारले शिवानी श्रेष्ठलाई यस प्रतिस्पर्धामा हौसला र समर्थक प्रदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ ।
अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, सिप, क्षमता र इच्छा प्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टिमको निर्माण गर्न मद्दत पुगेको कुरा बताएको छ ।

आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी बिजबजार लिमिटेडलाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो । । बिजबजार व्यवस्थित, डिजिटल–मैत्री ई–कमर्स प्लेटफर्म हो जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सिर्जना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइन मार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राख्दछ ।