छुट्नु होला है ! पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्नु होला है ! पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्कासन गरेको हो ।

जसमध्ये ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ भने बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले मेरो शेयर वेवसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं। १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्न आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आयोजना निर्माण गर्नको लागि कम्पनीको हालको अनुमानित लागत रू। ९६ अर्ब ६ करोड रहेको छ भने प्रतिमेगावाट लागत क्षमता रू। १९ करोड १६ लाख अनुमान गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र७९ मा प्रतिशेयर आम्दानी रू। शून्य दशमलव ४६ थियो भने प्रतिशेयर नेटवर्थ रू।९७ दशमलव ९७ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्